नियम
स्वास्थ्य बीमालेख राखे
: (१) बोर्डले कार्यक्रममा आबद्ध परिवारका प्रत्येक सदस्यको नाममा दर्ता सहयोगी मार्फत अनुसूची-२ बमोजिमको ढाँचामा बीमालेख जारी गरी प्रत्येक बीमितलाई छुट्टा छुट्टै परिचयपत्र प्रदान: गर्नु पर्नेछ ।

(२) कुनै कारणवश परिचयपत्र नष्ट भएमा, च्यातिएमा वा हराएमा बोर्डले पचास: रुपैयाँ दस्तुर लिई सम्बन्धित बीमितलाई पुन परिचयपत्र प्रदान गर्नु पर्नेछ ।

(३) दर्ता सहयोगीले उपनियम (१) बमोजिम परिचयपत्र प्रदान गर्दाको. बखत बीमितले पाउने सेवा सुविधा सम्बन्धमा सम्पूर्ण जानकारी दिनु पर्नेछ।

(४) उपनियम (१) बमोजिम प्रदान गरिने परिचयपत्र सेवा क्रियाशील भएको मितिदेखि एक वर्षसम्म बहाल रहनेछ।

तर कार्यक्रम अन्तर्गत उपलब्ध हुने सुविधाको लागि तोकिएको सीमाभित्रको:रकम एक वर्ष नपुग्दै सकिएमा एक वर्ष पुग्न बाँकी रहेको अवधिसम्म निजले कार्यक्रम अन्तर्गत उपलब्ध हुने अन्य कुनै पनि सेवा सुविधा लिन पाउने छैन ।